सिरहाको मालपोतमा बम बिस्फोट गराएको आरोपमा एक पक्राउ



सिरहा । कर्मचारीसहित आठ घाइते हुने गरी सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा सोमबार साँझ सशस्त्र प्रहरीको टोली एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेराको आधारमा मण्डलकै संलग्नता रहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको टोलीले सुखीपुर नगरपालिका–२ विद्यानगरबाट मण्डललाई पक्राउ गरिएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए ।

मण्डललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइने उनले बताए । बिस्फोटन गराउने जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का कार्यकता रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो १ बजे भएको शक्तिशाली बम विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित आठ जना घाइते भएका थिए ।

घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, उपत्यकापछि काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका