साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट ४ पक्राउ



काठमाडौं । प्रहरीले साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले चार जनालाई कच्चा युरेनियमसहित पक्राउ गरेको बताएका हुन् ।

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी–५ का नारायण सिंह तामाङ, सोही स्थानमा घर भई काठमाडौंको बौद्ध–६ बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ घर भएका २० वर्षीय प्रकाश चौहान र सिन्धुली सुनकोशी–४ का २० वर्षीय मनोज न्यौपाने छन् ।

कार्यालयको प्रहरीले टोलीले बिहीबार उनीहरुलाई पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ । बौद्धमा भण्डारण गरिराखेको अवस्थामा उक्त युरेनियम बरामद भएको हो ।

उनीहरुमाथि विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । सरकारले खानी तथा खनिज पदार्थ ऐन २०४५ अनुसार युरेनियमलाई अति महत्वपूर्ण खनिजको रुपमा परिभाषित गरेको छ, जसको अनधिकृत तवरले उत्खननमा रोक लगाइएको छ ।

यदि त्यस्तो खनिजको उत्पादन, शुद्धीकरण, ढुवानी सञ्चय तथा विक्री वितरण गरेको पाइएकमा एक लाख भन्दा बढी जरिवाना र १ वर्षभन्दा बढी कैद सजायको व्यवस्था गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, उपत्यकापछि काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका