माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु, १० घाइते



दूल्लू । कर्णाली राजमार्गअन्तर्गत दैलेखको टुइकुनामा बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालीकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते सात जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको तथा तीन जनाको स्थानीय रामघाटमा मेडिकलमा उपचार भइरहेको छ । राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–१ टुइकुनामा कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ख२४७ नम्बरको माइक्रोबस दुर्घटना भएको हो ।

घाइते १० मध्ये गम्भीरावस्थाका सात जनालाई एम्बुलेन्समार्फत सुर्खेत पठाइएको स्थानीयवासी नैनबहादुर शाहीले टेलिफोनबाट जानकारी दिए । माइक्रोबस राजमार्गबाट ५० मिटर तल खसेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोम विधान अनुमोदनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । रोम विधान अनुमोदनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ

हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउने छौंः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका

‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आइतबार