एक लाख ५० हजार घुससहित राजश्व कार्यालय जनकपुरका कर अधिकृत पक्राउ



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषास्थित आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृतसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ ।

कार्यालयका कर अधिकृत रमेश ढकाल र आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविनकुमार कर्णलाई बुधबार एक लाख ५० हजार घुससहित पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार अधिकृत ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्न घुस माग गरेका थिए। सोही घुस लिन ढकालले कन्सल्टेन्सीका प्रोपाइटर नविनकुमार कर्णलाई पठाएका थिए ।

अख्तियारले घुस माग गरेको भन्ने सूचना पाएपछि बर्दिबासबाट खटिएको टोलीले नविनकुमार कर्णलाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिइरहेको बेला पक्राउ गरेको हो ।

उनलाई टोलीले जनकपुर उपमहानगरपालिकास्थित अन्नपूर्ण होटल एन्ड गेष्ट हाउसबाट नियन्त्रणमा लिएको थियो । त्यस्तै कर अधिकृत ढकाललाई धनुषाको नेपाल स्काउटको कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, उपत्यकापछि काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका