त्रिशूली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु



धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा ट्रक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मंगलबार रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आइरहेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही स्थानका सहचालक २८ वर्षीय समुन सञ्जेलको मृत्यु भएको हो ।

दुवैको ट्रकले थिचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरीको टोलीले शव निकाली पोस्टमार्टममा लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाएको पनि प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास