परीक्षणका क्रममा सुन्दरीजलस्थित मेलम्चीको सुरुङको भित्री ढोका बन्द



काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो ।

मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको आयोजनाका साइड इञ्जिनीयर ब्रह्मलाल राजभण्डारीले जानकारी दिए । सुरुङमा हालिएको पानी लिकेज भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्ने र अन्य तयारी भइरहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तिम्बुमा पर्ने आयोजनाको मुहानबाट छोडिएको पानी सुन्दरीजल आइपुग्न कम्तीमा १५ दिन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । पानी हालेको चार दिन बित्दा तीन किलोमिटर सुरुङ पार भएको जनाइएको छ ।

परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ । पानी आएपछि यहाँ निर्माण भएका साढे आठ करोड लिटरका दुई वटा प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरणका लागि पठाउने तयारी छ । दुवै केन्द्रको कामसमेत सम्पन्न भइसकेको छ । ती केन्द्रमा वाग्मतीको पानी हालेर सामान्य परीक्षणसमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले