राष्ट्रिय अनुसन्धानका सहायक सूचक हत्यामा संलग्न सात अभियुक्त पक्राउ



बाँके । नेपालगंजमा राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रवीण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका १८ लग्दहवा घर भएका कर्की भन्ने २४ वर्षीय दिनेश कुमार कुर्मी (बर्मा), सोही ठाउँ बस्ने सुर्खेत गुर्भाकोट नगरपालिका १४ गुमी घर भएका १९ वर्षीय निश्चल गुरूङ, नेपालगंज उपमहानगरपालिका ४ बसपार्क डेरा गरी बस्ने जाजरकोट जुनिचाँदे गाउँपालिका ७ घर भएका तेज मगर भन्ने २१ वर्षीय तेज बहादुर बिएम, नेपालगंज उपमहानगरपालिका ६ फुलटेक्रा बस्ने १७ वर्षीय किशोर, नेपालगंज महानगरपालिका ५ बसपार्क ठेगाना भएका १६ वर्षीय किशोर, नेपालगंज उपमहानगरपालिका४ गणेशपुर बस्ने राप्ती सोनारी गाउँपालिका १ कुसुम घर भएका १७ वर्षीय किशोर र नेपालगंज उपमहानगरपालिका २ घरबारीटोल बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० घर भएका १६ वर्षीय किशोर रहेका छन् ।

राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रवीण माघ २ गते नेपालगंज उपमहानगरपालिका १८ स्थित खेतबारीमा मृत फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शङ्खधर चोकमा प्रदर्शन गरिएको ऐतिहासिक महाकाली नाच(फोटोफिचर)

मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा….

लमजुङ ।  मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्स्याङ्दी गाउँपालिका–२

पर्यटकको रोजाइमा म्याग्दीको टोड्के

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने

११ करोड रुपैयाँ बराबरको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ