शिक्षक हत्या आरोपी विप्लवका कार्यकर्ता पक्राउ



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट बुधबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार जानकारी दिएको छ ।

विकले मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको प्रहरीले दाबी गरेको छ । उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र एउटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते गर्ने निर्णय

भक्तपुर । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मङ्सिर

कैलालीमा गम्बोरो रोगले मरे पाँच हजार भन्दाबढी कुखुरा

कैलाली ।  कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

पाल्हीनन्दन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक

‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’

  सिर्जना राई, काठमाडौँ । हिन्दूहरूको मुख्य पर्व बडादसैँ सुरु भइसकेको छ तर