स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ



काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारु रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनी विभिन्न भागमा तीनवटा झोलामा लुकाएर ल्याएको उक्त रकमसहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिए ।

“उक्त रकम भारतबाट भारतीय रुपैँया ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक सटही गरेको अनुसन्धानबाट खुलेको छ”, प्रवक्ता विष्टले भने । उक्त घटनामा प्रयोग भएको सवारी साधन र बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किरिया बसेकै अवस्थामा कार्यालयको काम गर्ने लेखा अधिकृत

लमजुङ । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्

मुगुमा यार्सागुम्बा लुट्ने समूहका तीन जना पक्राउ

मुगु । गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ

बाढी पहिरोमा परी ४८ जनाको मृत्यु, ५४ घाइते

  काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरोलगायतका विपदमा परी हालसम्म ४८

चितवनको दियालो बङ्गला आमनागरिकका लागि खुला

चितवन । चितवनको भरतपुरमा रहेको दियालो बङ्गला आइतबारबाट सबैका लागि खुला गरिएको छ