दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको काम सुरु



झापा । झापाको मेचीनगरपालिका– १३ स्थित चारआलीमा सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढाइएको छ । चारआलीमा २३ बिघा क्षेत्रफलमा ४० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारणका लागि संरचना निर्माणको काम अघि बढेको हो ।

विसं २०७३ मा नेपाल आयल निगमले खरिद गरेको जग्गामा भण्डारण गृह निर्माण प्रक्रिया शुरु भएको निगमका चारआलीका प्रमुख मनिष न्यौपानेले जानकारी दिए ।

उनका अनुसार उक्त भण्डारणमा १२ हजार ५० किलोलिटर पेट्रोल, २८ हजार ५० किलोलिटर डिजेल, चार सय किलोलिटर मट्टितेल र एक हजार २५० किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने गरी डिपो निर्माण हुनेछ । पेट्रोलियम पाइपलाइनको काम आगामी फागुनबाट शुरु हुने भएको छ । पचास किलोमिटर पाइपलाइनको काम शुरु गर्न सोमबार रुट पहिचान (सर्भे) सकिएको छ । करिब १० अर्बको लागतमा तीन वर्षभित्र सम्पन्न हुने यस परियोजना दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको हो ।

पाइपलाइनको लागत खर्च आ–आफ्नो सीमाभित्र सम्बन्धित देशले नै व्यहोर्ने बताइएको छ । सर्भे अनुसार पाइपलाइन भारतको सिलगढीबाट पानी ट्यांकी को दक्षिण भेग हुँदै नेपाल–भारत सीमा मेची खोलामुनिबाट नेपाल प्रवेश हुनेछ । यसपश्चात् पूर्व–पश्चिम राजमार्गबाट हुँदै निगमको चारआली डिपोमा भण्डारण गरिने प्रमुख न्यौपानेले बताए ।

इण्डियन आयल कर्पोरेशन (आइओसी)को सिलगढी डिपोदेखि निगमको झापा, चारआलीस्थित कार्यालयसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याइने निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

जमिनदेखि दुई मिटरमुनि पाइपलाइन बिछ्याइने छ । पाइपलाइन नेपालतर्फ १५ किलोमिटर र भारततर्फ ३५ किलोमिटर बिछ्याउनुपर्ने सर्भे टोलीका इञ्जिनीयर मसिनी खड्काले बताइन् ।

आइओसी टोलीसँग मिलेर विस्तृत सर्भे गरिएको उनले जानकारी दिइन् । भण्डारण गरिएको पेट्रोलियम पदार्थले प्रदेश १ मा ९० दिनसम्म आवश्यक पर्ने मागलाई धान्ने निगमले जनाएको छ । भण्डारण गृह पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर दक्षिणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ