झुटो विवरण पेश गरेर नागरिकता लिने र दिने नौ जनाविरुद्ध मुद्दा दायर



बलेवा । झुटो विवरण पेश गरेर नागरिकता बनाउनेको कागजात राम्रोसँग जाँच नगरेकोे भन्दै बागलुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीसहित थप तीन कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । गिरी हाल मनाङमा प्रमुख जिल्ला अधिकारी छन् ।

नागरिकता दिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी गिरी, प्रशासकीय अधिकृत कृष्णराज गौतम र नागरिकताको फाँटवाला नासु विष्णुप्रसाद शर्माविरुद्ध पनि मुद्दा परेको अदालतले जनाइएको छ । झुटो विवरण पेश गरेर नागरिकता बनाउने बागलुङ नगरपालिका वडा नम्बर ६ का पंकज सापकोटा यसअघि नै पक्राउ परेका थिए । उनीसहित अन्य दुई पक्राउ परेका थिए भने वडाध्यक्षसहितका तीन फरार छन् ।

सापकोटाले वडा नं ४ को झुटो विवरण पेश गरेर नागरिकता बनाएपछि अदालतमा मुद्दा परेको थियो । सापकोटाले ईश्वर आचार्य नाम देखाएर नागरिकता बनाएको भेटिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले सापकोटासहितलाई प्रतिवादी बनाएर मुद्दा दिएको थियो ।

उक्त मुद्दामा पक्राउ परेका तीन जनालाई जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गरेको छ । शुक्रबार भएको थुनछेकको बहसपछि जिल्ला अदालतको आदेशमा उनीहरु धरौटीमा छुटेका हुन् । उक्त मुद्दामा वडा नं ४ का अध्यक्ष धु्रवबहादुर केसीसहित वडासचिव प्रेमबहादुर खड्का, नागरिकता बनाउने सापकोटा, उनका काका नाता लगाएर सनाखत गरेका सन्तोष आचार्य, प्रमाणपत्र दिने शिक्षकलगायतलाई अदालतले तीन साताअघि पक्राउ आदेश दिएको थियो ।

प्रहरीले सापकोटासहित आचार्य र वडासचिव खड्कालाई मात्र पक्राउ गरेको थियो । वडाध्यक्ष केसीसहितका अन्य व्यक्ति भने फरार छन् । जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले शुक्रबार उनीहरुलाई धरौटीमा रिहा गरेको हो ।

झुटो विवरण पेश गरेर नागरिकता लिने सापकोटा नागरिकता लिएकामा ५० हजार र राहदानी लिएकामा ६० हजार गरी एक लाख १० हजार धरौटीमा छुटेका छन् । त्यस्तै काका नाता बनाएर सनाखत गर्ने आचार्यलाई ३० हजार धरौटीमा छुटाउने आदेश दिइएको हो । वडासचिव खड्कालाई भने शुद्ध तारेखमा छुटाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किरिया बसेकै अवस्थामा कार्यालयको काम गर्ने लेखा अधिकृत

लमजुङ । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्

मुगुमा यार्सागुम्बा लुट्ने समूहका तीन जना पक्राउ

मुगु । गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ

चितवनको दियालो बङ्गला आमनागरिकका लागि खुला

चितवन । चितवनको भरतपुरमा रहेको दियालो बङ्गला आइतबारबाट सबैका लागि खुला गरिएको छ

१४ किलो चाँदीका गहनासहित काठमाडौंमा तीनजना पक्राउ

  काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १४ दशमलव २५० किलो