नदी नियन्त्रण आयोजनाका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्कामा बदमासी गरी भ्रष्टाचार गरेको अभियोगमा वाग्मती, लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ग्याबिन तारमा प्रयोग गरिएको तारको गुणस्तर परीक्षण गरी प्रयोग गर्नुपर्नेमा परीक्षण नै नगरी बिल र कार्यसम्पादन प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिश गरेको पाइएको छ । निर्माण व्यवसायी थोढुङ्ग अजम्बर शिवराम जेभी नयाँ बानेश्वर काठमाडौँमा भएको गुणस्तरहीन कागजात तयार पारी ९६ लाख ६४ हजार २९६ बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

ग्याबिन तारलाई गुणस्तरयुक्त भनी बिलमा दस्तखत गरी भुक्तानी लिने निर्माण व्यवसायी थोदुङग, अजम्बर, शिवराम जेभीका निर्देशक डबाङ क्षोदेन शेर्पा, जेभीका सञ्चालक बैकुण्ठप्रसाद भण्डारी, अर्का सञ्चालक शिवजी श्रेष्ठविरुद्ध पनि समान बिगो कायम गर्दै मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारसम्म देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

  काठमाडौँ । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा

गृहमन्त्रीले राजीनामा गर्नु न्यायोचित हुने न्यायाधीश सुवेदीको तर्क, गर्नु नपर्ने प्रधानको जिकिर

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री

काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये

सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले फिर्ता, मन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिइएको