मालपोतका लेखा अधिकृतविरुद्ध सात करोड आठ लाख माग दाबी गर्दै मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा लेखा अधिकृत दर्जीसहित नायब सुब्बा मनोजकुमार निरौला र लेखापाल बलराम सापकोटाविरुद्ध अख्तियारले सोमबार मुद्दा दायर गरेको हो ।
अख्तियारले दायर गरेको आरोप पत्रमा लेखा अधिकृत दर्जीले ७ करोड ८ लाख १७ हजार ३७ रुपैयाँ राजस्व संकलन भएकोमा २ करोड ५८ लाख ३ हजार २३१ रुपैयाँ मात्र बैँक दाखिला गरी बाँकी ४ करोड ५० लाख १३ हजार ८०६ रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ ।

दर्जीले सम्बन्धित बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी नक्कली भौचरहरु तयार गरी दाखिला गरिएका बैक भौचर आफैंले सच्याएर रकम हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ ।

यसैगरी लेखापाल सापकोटाले मालपोत कार्यालय भरतपुर चितवनको विभिन्न फाँटमा संकलित राजस्व रकममध्ये ५८ लाख ४३ हजार ८०६ रुपैयाँ ७५ पैसा सम्बन्धित बैंक खातामा दाखिला नगरी हिनामिना गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘आदरणीय केपी बा ! तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब’

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकका कारण एसइईको नतिजा राम्रो नभएको भन्ने एमाले

आइतबारसम्म देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

  काठमाडौँ । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा

गृहमन्त्रीले राजीनामा गर्नु न्यायोचित हुने न्यायाधीश सुवेदीको तर्क, गर्नु नपर्ने प्रधानको जिकिर

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री

काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये