मैनबत्तीबाट आगो सल्केर झापामा एक बालिकाको मृत्यु



झापा । मैनबत्तीबाट आगो सल्केर झापाको कमल गाउँपालिकामा गएराति एक बालिकाको मृत्यु भएको छ । कमल–२ स्थित थापा गाउँका धु्रव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको थियो । आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु हुन पुगेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा जलेर नष्ट हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते भएका छन् । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको आएको प्रनाउ पण्डितले वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर ल्याइँदै गर्दा फरार भएका अभियुक्त पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट फरार भएका निशान परियार पुनः पक्राउ

बालकुमारीबाट १६८ थान मोबाइलसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौँको बालकुमारीबाट प्रहरीले १६८ थान मोबाइलसहित प्रहरीेले दुई जनालाई पक्राउ गरेको

प्रचण्ड रोल्पाको थबाङ पुग्दा…

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल