डेस्टिनेशन कालिन्चोक



पुगिरहने नजिकै गन्तव्य हो ठूलो शैलुङ, माइती पुगे जस्तै लाग्ने त्यता पुग्दा । अचेल उराठ रहेछ । शान्त शिरशिरे बतास चलिरहने मन चाहिं चंङ्गा बनाउने । र पनि गज्जब रमाइलो छ ।

पुग्ने दिन शैलुङ एकरात अलमलें । घरबाट जाउ नजाउ लागेर हिँडेको । शैलुङबाट पनि कतै जाउ नजाउ लागिरह्यो । एक मनले हुत्तियो तामाकोसी भेट्न । मेलुङको ओरालै ओरालो दगुरेँ । जिरी जाने रहर एक मनमा, सिंगटी हुँदै बिगु जाने रहर अर्को मनमा ।
तामाकोशी ओर्लें । फेरि चरिकोट पुग्न उकालो चढें । यसपटक जिरी नपुग्ने अर्को डिसिजन भयो ।

दार्जेलिङबाट तल ओर्लेर टिष्टा पुल तर्दै गर्दा कालेबुङ लागौँ कि सिक्किम लागौँ जहिलै दुबिधामा पर्थें म । उस्तै भयो ।
बिगु र अप्पर तामाकोसी अर्को डेस्टिनेसन । चरिकोट हुँदै सिङ्गटी पुगेँ । अप्पर तामाकोसी बाटो ब्लक रहेछ । भारी मन लिएर चरिकोट नै फर्किनुपर्यो । बेतुकको मान्छे एक रात चरिकोट थुनिनु पर्यो ।

बिहानै उठेँ । काठमाडौं जान्छु भन्ने मानसिकता तय भयो । चरिकोट बजार छाड्दै एक किलोमिटर जति अघि बढें । कालिन्चोक उक्लिने अन्द स्पोट अर्को डिसिजन भयो । मन बेतुके मान्छे बेतुके यात्रा बेतुके । कुनै तुक नै छैन । कुरी बजार उक्लेँ । कतै नेपाल हैन कि जस्तो लाग्ने सुन्दर मनोरम मानव निर्मितकला होटल र रिसोर्टहरु ३४ सय मिटर माथिको कुरी बजार अत्यन्तै रमणीय छ । जुन नेपालकै प्रमुख शक्तिपीठहरुमध्ये कालिन्चोक भगवती मन्दिरको द्वार हो ।

एउटा लक्जरियस होटल बुक गरेथें चरिकोट बाट उक्लिदै गर्दा । अहिले सुबिधा सम्पन्न होटलहरु भेट्न सकिने छ कुरी बजारमा । यात्रा त्यही बिसाएँ । घाम नअस्ताइन्जेल वरपर बरालिरहेँ । शून्य रहेछ अहिले । फाट्टफुट्ट बाहेक कोही पर्यटक देखिन । धेरै होटलहरु बन्द थिए प्रायः ।

फोटो खिच्ने एउटा बेचैन सौखिन्ताले पनि हो यात्राहरु लमतन्ने बनाइदिने । अर्को आँखाले कथाहरु खोजिरहन्छ ।
बाटा छेउका चौँरी गोठहरुमा छिर्ने चौँरीगोठका शेर्पिनी बजैहरुसँग बात मार्दै थकान बिसाउनुको पनि अर्को मजा महसुस गर्छ मनले ।
यसरी बाटाभरी जे जे भेट्छ सके क्यामेराले टिप्ने नसके आँखाले कैद गरेर मन भित्र स्टोर गरेर राख्ने । यसरीनै एउटा बेतुकको यात्रालाई चौथो दिनमा विश्राम गरियो भनम् ।
– दोलखा डाइरिज
अर्पण उत्कर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम-२ मा आइतबार बिहानदेखि मात्र मतगणना सुरु हुने

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आइतबार बिहानदेखि मात्र मतगणना हुने भएको छ

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी

बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे

मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३