देवताप्रतिको आस्थाका कारण डोल्पाको नर्कु थरगाउँमा मदिरा उत्पादन बन्द



जाजरकोट । देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण नै बन्द भएको छ । मदिरा शून्य भएपछि गाउँबस्ती पनि शान्त भएको छ । तेत्तीस घरधुरी भएको सो बस्तीमा कोही कसैले मदिरा उत्पादन तथा सेवन नगर्न देवताले नै आग्रह गरेपछि यस्तो भएको बताइएको छ ।

पहिलेदेखि मान्दै आएका कुल देवताहरुले मदिरा सेवन तथा बेचविखन गर्दा राम्रो नहुने भनेपछि पछिल्लो दुई जर्षदेखि मदिरा बन्द भएको पुजारी रामबहादुर बोहोराले जानकारी दिए । “पहिले मदिरा सेवन गर्ने, होहल्ला गर्ने, घरमा दिनहुँ झैझगडा हुने, र विभिन्न घरेलु हिंसा हुन्थ्यो तर देवताले नै सबै रोक्न लगाएपछि अहिले सबै शान्त भएको छ”, वडा सदस्य मुनलाल बुढाले भने।

सबै क्षत्रीको मात्र बसोबास रहेको यो बस्तीमा पहिले मदिरा सेवन गर्नेहरुलाई पनि अहिले देवता प्रकट भएपछि एक किसिमको सकारात्मक सन्देश बाहिर गएको स्थानीय बासिन्दाहरुले बताउने गरेका छन् । धर्म संस्कृति बचाउन पुर्खादेखि पूजाआजा गर्दै आएका स्थानीयहरुले यो गाउँलाई मदिराको हिसाबले जिल्लाकै नमूना गाउँ बनाएका छन् । देवताहरुले गाउँमा अन्नबाली छर्दा, भित्र्याउँदा तथा अन्य शुभ कार्यका लागि संस्कार निर्माण गरेको स्थानीयवासीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको सहयोगमा संचालित परियोजनामा भइरहेको ढिलाईप्रति अर्थमन्त्री महतको चासो

  काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास

भूकम्पपीडितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु

जाजरकोट । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम

समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने

शरद शर्मा, काठमाडौं । सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

  गण्डकी । तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र