चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको माग



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सा पार्टी जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

अध्यक्ष दाहालले आईतबार विज्ञप्ति जारी गर्दै दोषी जोसुकै भए पनि कारबाही गर्न माग गरेका हुन्।

गत कात्तिक ६ गते पर्सा, विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा नेकपा पर्सा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव चौरसियाको हत्या भएको थियो । अध्यक्ष दाहालले चौरसियालाई शहीद घोषणा गर्न तथा हत्यारालाई कारवाही गर्न माग गर्दै पार्टी जिल्ला कमिटीका इञ्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट जारी वक्तव्यको समर्थनसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोरङमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिका–१० स्थित भाउन्नेको जंगलमा हात्तीको आक्रमणमा परेर एक पुरूषको

क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको

हिमपातले हुम्लाको जनजीवन कष्टकर(फोटोफिचर)

हुम्लामा आइतबार रातिदेखि भएको हिमपात । हिमपातपछि अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बनेको

घोडेपानी पुनहिल क्षेत्र उपयुक्त पर्यटकीय गन्तव्य

म्याग्दी । हिमाल, पहाडी भूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण