गण्डकी प्रदेशमा तीन महिनामा सवारी दुर्घटनामा ३९ जनाको मृत्यु



पोखरा । चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सवारी साधन दुर्घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा भएपनि ज्यान गुमाउने कास्कीमा धेरै छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार प्रदेशका ११ जिल्लामा तीन महिनाको अवधिमा जम्मा १०२ वटा सवारी साधन दुर्घटना परेका छन् ।

नवलपरासी पूर्वमा मात्रै ४८ वटा सवारी साधन दुर्घटनामा परेका भन्दै उनले ती दुर्घटनामा सात जनाले ज्यान गुमाएका जानकारी दिए । कास्कीमा २२ वटा सवारी साधन दुर्घटनामा ११, तनहूँमा १० वटा सवारी साधन दुर्घटनामा चार, स्याङ्जामा नौ वटा सवारी साधन दुर्घटनामा १०, लमजुङमा र बागलुङमा चार/चार वटा सवारी साधन दुर्घटनामा दुई/दुई जनाले ज्यान गुमाएका ढकालले बताए ।

त्यस्तै, पर्वतमा दुई वटा सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने म्याग्दीमा भएको एउटा सवारी साधन दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशको गोरखा र मुस्ताङमा एक/एक वटा सवारी साधन दुर्घटनामा परेका भएपनि कसैको ज्यान गएको छैन भने मनाङमा कुनै पनि सवारी साधन दुर्घटनामा नपरेका ढकालको भनाइ छ ।

प्रदेशमा भएको सवारी साधन दुर्घटनामा ५० वटा मोटरसाइकल, २१ वटा जिप/कार, १३ वटा ट्याक्टर, सात वटा ट्रक तथा ट्याङ्कर, चार वटा बस, तीन वटा साइकल तथा दुई/दुई वटा डोजर तथा ट्याम्पो संलग्न रहेका ढकालले बताए ।

दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको समेत ढकालको भनाइ छ । सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन गुडाउँदा समेत दुर्घटना बढ्ने भएकाले यसको न्यूनीकरणका लागि काम भइरहेको ढकालले बताए ।

यातायात व्यवस्था विभागसँग समवन्यगरि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व), जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँमा स्मार्ट लाइसेन्स कार्ड रिडर मेसिन प्रयोगमा ल्याइएको ढकालको भनाइ छ ।

त्यस्तै सवारी साधनको गति सीमित पार्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र तनहुँमा राडरको प्रयोग गरेर सवारी साधनको गति चेकजाँच गर्ने र तीव्र गतिमा सवारी साधन गुडाउनेलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा ४३१ वटा दुर्घटनामा परी २२३ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै दुर्घटनामा परी ३८ जना बालबालिकासहित ४२४ जना गम्भीर घाइते भएका गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख ढकालले बताए । यो वर्ष ३४७ वटा दुर्घटना सवारी चालकको लापरबाहीका कारण भएको ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र सुरु

  कैलाली । धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ । धनगढी–स्याउले सडकखण्डमा

नौ हजार भूकम्पपीडितले पाए २२ करोड

  काठमाडौँ । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार

भारतको सहयोगमा संचालित परियोजनामा भइरहेको ढिलाईप्रति अर्थमन्त्री महतको चासो

  काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास

भूकम्पपीडितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु

जाजरकोट । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम