विपदका घटनामा परी वैशाखयता चार सय ५० जनाको मृत्यु



काठमाडौं । गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर चार सय ४४ को मृत्यु भएको छ । उक्त अवधिमा एक सय एक वेपत्ता भएका छन् भने सात सय ३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले ठुलो क्षति गरेको बताउँदै विपद्का घटनामा परेर एक हजार सात सय ५५ चौपाय मरेको र झण्डै ८२ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए ।

प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पहिरोबाट मात्रै दुई सय ९५ को मृत्यु, ६४ वेपत्ता र दुई सय २३ घाइते भएका छन् । पहिरोले चार सय ३५ जना पशुचौपाय क्षति भएको छ । पहिरोबाट अनुमानित पाँच करोड ९ लाखको क्षति भएको छ ।

त्यसपछि चट्याङ्ले बढी मानवीय क्षति गराएको छ । चट्याङ्बाट ६५ को मृत्यु, दुई सय १३ घाइते र छ सय ९६ चौपाय क्षति भएको छ । चट्याङले ५९ लाख भौतिक क्षति भएको विवरणमा उल्लेख छ । यसैगरी बाढीबाट ४२ को मृत्यु, ३७ बेपत्ता र ११ जना घाइते भएका छन् ।

बाढीमा परेर २७२ पशु चौपाय मरेको र झण्डै रु पाँच करोडको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ । आगलागीमा परेर १० को मृत्यु एक सय ४४ घाइते र ६० करोड भन्दा बढीको भौतिक तथा आर्थिक क्षति भएको छ । सर्पदंसबाट २१ को मृत्यु, ३६ घाइते र जनावरको आक्रमणबाट ११ को मृत्यु एक सय १२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

गोरखाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

गोरखा । उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको

बाह्रबिसेमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी