महानगर र कोषबीच विद्युतीय शवदाहगृह निर्माणको सम्झौता
काठमाडौं । काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच विद्युतीय शवदाहगृह निर्माण तथा सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विद्युतिय शवदाहगृह निर्माणको लागि महानगर र कोषबीच १३ बुँदे सम्झौता भएको हो ।
काठमाडौं महानगरपालिका–८ तिलगंगामा तीनवटा मेशिन सहितको शवदाहगृह निर्माण गर्न महानगर र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता गरिएको जनाइएको छ । शवदाह गृह निर्माणका सार्वजनिक सूचना मार्फत बोलपत्र आब्हान भइसकेकाले मेसिन खरिद प्रकृया टुंगोमा पुर्याइ बोलपत्रदाता छनोट गर्ने, आशयको सूचना प्रकाशन गर्ने र छनौट भएको बोलपत्रदातासँग सम्झैता गर्ने तथा कार्यादेश दिने काम कोषले गर्ने सम्झौता भएको छ ।
यस्तै काठमाडौं महानगरले शवदाहगृह निर्माणको लागत तिन किस्तामा र मेशिनको लागि एकमुष्ट रकमको ३० प्रतिशत र बाँकी अन्तिम किस्ता अनुदान उपलब्ध गराउने सहमति भएको छ । शवदाहगृह निर्माणका लागि महानगरले अनुदान दिने रकम अन्य कार्यका लागि खर्च गर्न नपाइने सम्झौता भएको छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या.सुन्दर शाक्यले महानगरले पशुपति क्षेत्रविकास कोषसँग सहकार्य गरी तीनवटा मेसिन सहितको शवदाहगृह निर्माणको लागि बजेट विनियोजन गरिसकेको बताए ।