छांगरुमा सशस्त्र प्रहरीको भवन निर्माण शुरु



दार्चुला । दार्चुला जिल्लाको व्यासको छांगरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण कार्य शुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाले यही असोज ९ गते भवनको शिलन्यास गरेसँगै निर्माण व्यवसायीले भवन निर्माणको कार्य शुरु गरेको हो ।

छांगरुमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी भवन निर्माण शुरु गरिएको छ । गागामा सशस्त्र प्रहरीको अत्याधुनिक सुविधासहितको ४० कोठे भवनको निर्माण कार्य शुरु भएको निर्माण व्यवसायी सुरेश चन्दले जानकारी दिए ।

भारतले अतिक्रमण गरेको कालापानी भन्दा झण्डै १४ किलोमिटर तल छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको अत्याधुनिक भवन निर्माण हुन लागेको हो । एक वर्षभित्रै निर्माण सक्ने गरी कुल १० करोड लागतमा भवन निर्माणको काम शुरु गरिएको निर्माण व्यवसायी चन्दले जानकारी दिए । उनले यो दुई महिनाको अवधीमा भुईतलामा २० कोठा निर्माण गरि सक्ने लक्ष्य रहेको बताए ।

ठेकेदारले सिम्रीक हेलिकप्टरमार्फत जेनरेटरलगायत सामाग्री छांगरु पुर्याएको छ । “यसै हप्ता निर्माणमा प्रयोग हुने सामग्री ढुवानी भइसकेको छ”, चन्दले भने, “मौसमले साथ दियो भने मंसिरसम्म तल्लो तलामा सशस्त्र प्रहरी बस्ने मिल्ने गरी काम हुन्छ ।”

व्यासको कौवा र तिंकरमा पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्ने सरकारको तयारी छ । तिंकरमा सशस्त्र प्रहरीको भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन भइसकेको छ । अहिले निर्माण व्यवसायीले भवनका लागि जग खन्ने काम शुरु गरेको छ । भवन निर्माणमा ४०÷४५ मजदूर परिचालन गरिएको छ ।

भवनको जगका लागि चाहिने ढुङ्गा सङ्कलनको काम पनि सँगसँगै भइरहेको छ । मंसिरदेखि हिमपात शुरु हुने मौसम भएका कारण निर्माण व्यवसायीले काममा तिव्रता दिने गरी तयारी थालेको छ । यो क्षेत्रमा पाँचदेखि १० फिटसम्म हिउँ जम्ने गर्छ । यहाँका स्थानीयवासी मंसिर पहिलो साता सदरमुकाम खलंगा बसाइ सर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

पाँच महिनासम्म पनि पठाएनन् काभ्रेका स्थानीय तहले बाढीपहिरो प्रभावितको तथ्याङ्क

काभ्रे । पाँच महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बाढिपहिरोपीडितले अझै सरकारी