खानेपानी संस्थानका प्रमुखसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जना विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार रुपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानूनी लाभ लिई सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ । आयोगले शाह विरुद्ध विभिन्न चार वटा मुद्दा दायर गरेको छ ।

आयोगले साह विरुद्ध कूल २२ लाख रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ । आयोगले अनिता निर्माण सेवाका सञ्चालक शान्ति राना, सन्तोष साहका बाबु नारायण साह सुडीलगायत विभिन्न निर्माण व्यवसायी कम्पनी र व्यवसायीले गलत कामलाई प्रश्रय दिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आरती साहका पतिलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई थुनामा

प्रधानसेनापति शर्मा र अमेरिकी सुरक्षा काउन्सिल निर्देशकबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी राष्ट्रिय सुरक्षा काउन्सिल दक्षिण एसियाकी वरिष्ठ निर्देशक

पर्यटकले भरिँदै घलेगाउँ

लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक

सरकारलाई एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको निर्देशन

  काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका