फोर्स कमाण्डरद्वारा नेपाली शान्ति सैनिकलाई सम्मानस्वरुप कदरपत्र प्रदान



काठमाडौं । सेन्टर अफ्रिकन रिपब्लिकमा परिचालित शान्ति सेनाका फोर्स कमाण्डर लेफ्टीनेन्ट जनरल डानिइल सिद्धिकी ट्राओरेले चूनौतिपूर्ण परिस्थितिमा नेपाली शान्ति सैनिकले प्रदर्शन गरेको साहस उत्कृष्ट भनी प्रशंसा गरेका छन् ।

प्रमुख सेनानी समुन्द्र थापाको नेतृत्वमा बटुकदल गणले गत फागुन, जेठ र भदौमा हतियारधारी समूहविरुद्ध सञ्चालन गरेको कारवाहीको सन्दर्भ उल्लेख गर्दै फोर्स कमाण्डर ट्राओरेले जनधनको क्षति रोक्न र सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति गर्न नेपाली शान्ति सैनिकले निर्वाह गरेको भूमिका सह्रानीय रहेको बताएका छन् ।

उक्त मिशनमा तैनाथ नेपाली शान्ति सैनिकले अत्यन्त संवेदनशील क्षेत्रमा तैनाथ भई जटिल एवं चूनौतिपूर्ण परिस्थितिमा पुर्याएको समष्टिगत अतुलनीय योगदानको कदर गर्दै फोर्स कमाण्डरले सम्मानस्वरुप कदरपत्र प्रदान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । उक्त गणले सञ्चालन गरेको कारवाहीमा मुख्य नेतासहित ९ विद्रोहीलाई हातहतियारसहित पक्राउ गरेको थियो ।

विद्रोहीलाई पक्राउ गरेपछि उक्त क्षेत्रमा जातीय हिँसा नियन्त्रणमा आएपछि उक्त उपलब्धीको स्थानीय, सरकारी निकाय र मिसन मुख्यालयले प्रशंसा गरेको थियो । कदरपत्र प्रदान गर्दै फोर्स कमाण्डर ट्राओरेले भनेका छन्, “जीउज्यानको पर्वाह नगरी नेपाली शान्ति सैनिकले देखाएको त्याग र समर्पणले पेशागत दक्षता प्रर्दशीत गर्छ । यसबाट द्वन्द्वग्रस्त मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न मद्दत पुग्ने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवन राष्ट्रिय निकुञ्जमा यसवर्ष ६ वटा बाघ मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ६ वटा बाघ मृतावस्थामा

वनमा डढेलो लागेपछि बस्तीमा छिरे वन्यजन्तु

सिरहा । एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर । ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ

कालीकोटका किसानलाई गोठालो भत्ता !

मान्म (कालीकोट) । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको