बालसचेतना केन्द्र समस्यामा परेकाहरुलाई खाना खुवाउने अभियान संचालन गर्दै



काठमाडौं । बालसचेतना केन्द्र नेपालले दैनिक खाद्य वस्तुको अभावमा भोकले पीडित भएकाहरुलाई लक्षित गर्दै काठमाडौँका विभिन्न स्थानमा निःशुल्क खाना वितरण गर्दै आएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएदेखि नै निरन्तर खाद्यान्न सामग्री वितरण गर्दै आएको संस्थाले पछिल्लो समय सडक बालबालिका, अपाङ्गता भएका व्यक्ति र मजदुरहरुलाई खाना वितरण गर्दै आएको हो । संस्थाका अध्यक्ष बाबुराम फुयाँलले खानै नपाएर मान्छेले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिनको लागि निःशुल्क खाना वितरण अभियान संचालन गरिएको बताए । संक्रमणको जोखिमका कारण एकै ठाउँमा भेला हुन नदिएर तयारी खाना वितरण गरिएको उनले बताए ।

यो अभियानलाई आवश्यकता अनुसार जुनसुकै समयमा निरन्तरता दिने योजना रहेको अध्यक्ष फुयाँलले बताए । दाताहरुबाट पनि केही सहयोग पाएको संस्थाले अहिले दैनिक २ सय ५० जना भन्दा बढीलाई खाना खुवाउँदै आएको छ । भदौ २८ गतेबाट यो अभियान सुरु गरिएको हो । संस्थाले विगत ९ वर्षदेखि विशेषगरी महिला तथा बालबालिकाहरुका लागि विभिन्न जनचेतनामुलक तथा सिपमुलक तालिमहरु पनि संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

  भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज

जनकपुरको एक होटलमा एक युवक मृत फेला

जनकपुरधाम । जनकपुरको एक होटलमा एक युवक मृत फेला परेका छन् । जनकपुरको