ललितपुर महानगरद्वारा सडक निर्माणलाई तीव्रता



ललितपुर । ललितपुर महानगरपालिकाले नगरभित्रको सडक निर्माणलाई तीव्रता दिएको छ । महानगरले ८ सय मिटरसम्मको सडक निर्माणलाई तीव्रता दिएको हो । महागरले बिभिन्न चरणमा ९२ वटा सडक निर्माणकार्य गरिरहेको छ । जसअन्तर्गत बिहीबार चरण ३ अन्तर्गत २१ वटा सडक निर्माणको महागरका प्रमुख चिरिबाबु महर्जनले शिल्यान्यास गरेका छन् ।

पहिलो चरणअन्तर्गत १९ वटा सडक निर्माण सम्पन्न भइरहेको छ भने दोश्रो चरणअन्तर्गत १५ वटा सडक निर्माण भइरहेको महानगरले जनाएको छ । तेश्रो चरणमा २१ वटा सडकको २६ करोड ८८ लाखमा काम भइरहेको महानगरले जनाएको छ । सडक सिल्यानाश गर्दै महानगर प्रमुख महर्जनले सम्बन्धित वडाबाट माग भए बमोजिम महानगरले सडक निर्माण गरिरहेको जानकारी दिए ।

उनले गुणस्तरमा कुनै कमी हुन नदिन परामर्शदाता नियुक्त गरि गुणस्तर जाँच गर्ने काम भइरहेको बताए । महानगरले चरण चार अन्तर्गत ३७ वडा सडक बनाइने जनाएको छ । यसअघि महानगरले महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान कार्य सुरु गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जो आफूले श्रीमतीको हत्या गरेको भन्दै प्रहरीमा गए

काठमाडौँ । काठमाडौंका एक व्यक्ति श्रीमतीको हत्या गरी प्रहरीमा गएर आत्मसमर्पण गरेका छन्

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

इनार खन्ने क्रममा निसास्सिएर भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ