‘विचारको निरोध नै योग हो’



काठमाडौं । एक अथवा एकभन्दा बढी चिज एकदोस्रोमा समावेश हुनु, अथवा जोडिनुलाई ‘योग’ भनिन्छ । सामान्यतया हाम्रो समाजमा जुन ‘योग’को कुरा गरिन्छ त्यो मात्र शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि गरिने केही शारीरिक आसन भन्ने बुझिन्छ । तर वास्तविक रुपमा योगको अर्थ त्यो भन्दा धेरै फरक र माथि छ ।

सोमबार त्रिचन्द्र बहुमुखी क्याम्पसको मनोविज्ञान तथा दर्शनशास्त्र विभागको आयोजनामा जीवनमा योगको महत्वकोबारेमा भर्चुअल प्रवचन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा भारतको दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका प्राध्यापक डा. सुशीलकुमार तिवारीले शारीरिक व्यायाम गर्नुमात्र योग नभएको बताउनुभयो । उहाँले विचारको निरोध नै योग भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, योग शुद्ध विज्ञान हो । योगलाई विश्वास गर्नुभन्दा पहिला अभ्यास र प्रयोग गर्नुपर्छ । रुपान्तरण आइसकेपछि मात्रै विश्वास गर्नुपर्छ । मानिस भीडमा रहेको छ । हामीले हाम्रो केन्द्रको पहिचान गर्न सक्नुपर्दछ । तबमात्र हाम्रो अस्तित्वको बोध हुनसक्छ । बाहिरी संसारमा जतिसुकै घुमेपनि आनन्द प्राप्त हुन सक्दैन, जबसम्म आत्मबोध हुन सक्दैन ।’

कार्यक्रममा विभिन्न स्थानबाट ६० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक कृष्ण अधिकारीसमेत सहभागी हुनुहुन्थ्यो ।

मानव जीवनलाई होलिस्टिक तवरबाट अगाडि बढाउनका लागि प्रत्येक हप्ता यस्ता कार्यक्रमको आयोजना गरिएको त्रिचन्द्र कलेजका प्रा.डा. गोविन्दशरण उपाध्यायले बताउनुभयो । कलेजले केही समयदेखि योगा, दर्शनशास्त्रलगायतका विषयमा निरन्तर रुपमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।