आर्थिक लेनदेनको विषयमा झापामा साथीको हत्या



झापा । झापाको शिवसताक्षी नगरपालिका ११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्डमा स्थानीय गोमनसिंह मगरको आफ्नै साथीले हत्या गरेको पुष्टि भएको छ । मगरको हत्या गरी फरार रहेका शिवसताक्षी ८ का ३२ बर्षीय मनकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । लिम्बुले भदौ १६ गते साँझ साढे ६ बजे गोमन सिंहलाइ घुम्न जाउँ भनि घरबाट बोलाएका थिए ।

साथीले बोलाएपछि मोटरसाईकलमा आएका गोमन सिंहलाई सताक्षी धाम मन्दिरतर्फ हावा खान जाऔं भनि उनी सोही मोटरसाईकल पछाडी बसी घटनास्थलतर्फ लिई गएका थिए ।

मोटरसाईकल पछाडि बसेकै बेला लिम्बुले धारिलो हतियारले घाँटीमा रेटी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लिम्बुले हत्यामा प्रयोग गरेको कर्द र उनले बोकेको मोबाईल समेत बरामद गरिएको छ । उनीहरुबीच भएको आर्थिक लेनदेन कारोबारमा असमझदारी भई बढेको मनमुटाबले हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम

गण्डकी ।  विश्व पर्यटन दिवस-२०२४ का अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ले आयोजना

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतमा पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्ली विमानस्थलमा पक्राउ परेका

सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना

सिन्धुपाल्चोक । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा निर्मित