मानव बेचविखन तथा ओसारपसारविरुद्धको दिवसमा ‘छोरी’को साताव्यापी कार्यक्रम



काठमाडौं ।  माानव बेचविखन तथा ओसारपसारविरुद्धको चौधौँ राष्ट्रिय दिवसको अवसरमा छोरी नाम संस्थाले साताव्यापी कार्यक्रम संचालन गरेको छ । छोरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको संयुक्त आयोजनामा भदौ १४ देखि २० गतेसम्म विविध कार्यक्रम सचालन गरिएको हो । लकडाउनमासमेत संचालन गर्न सकिने र फेसबुकमा धेरै जनाको पहुँच पनि हुने भएकोले फेसबुक मार्फत यस्ता गतिविधि सञ्चालन गरिएको हो । विगतका बर्षहरुमा गरिएका यस्ता खालका कार्यक्रमहरुको प्रतिकृया एकदम सकारात्क आएको हुनाले धेरै जना समक्ष जानकारी दिन र प्रतिवद्ध हुनको लागि निकै ठूलो सहयोग गरेको संस्थाले जनाएको छ । फेसबुकमार्फत छोरीले विशेष गरी दुईवटा कार्यक्रम संचालन गरिरहेको छ ।
१ . ‘मानव बेचविखन अन्त्यको लागि मेरो पनि जिम्मेवारी’ विषयमा फेसबुक अभियान
फेसबुकमार्फत छोरीले ‘मानव बेचविखनको अन्त्य, मेरो पनि जिम्मेवारी’ विषयको सन्देश राखेर ५०० जनाको प्रतिवद्धता लिनेगरी फेसबुक अभियान सचालन गर्दै आएको छ । यस अभियानमा विद्यार्थीहरु, निजी क्षेत्रमा आवद्ध विद्यार्थीहरु, संघसंस्थामा आवद्ध व्यक्तिहरु, पत्रकारहरु तथा सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहँंदै आएको छ । फेसबुकमार्फत विभिन्न समुह र व्यक्ति कहाँ म्यासेज पुर्याइन्छ ।
२. फेसबुकको फोटो परिवर्तन
यस कार्यक्रमअन्र्तगत मानव बेचविखन अन्त्यको लागि मेरो पनि जिम्मेवारी हो भन्ने मुख्य नारासहितका फेसबुक वालमा आफ्नो फोटो परिवर्तन गर्नको लागि बनाईको डिजाईमा आफ्नो फोटो परिवर्तन गर्न सकिन्छ । सकेसम्म धेरै जनालाई फेसबुकको प्रोफाईल परिवर्तन गर्न लगाएर जनचेतना फैलाउने र प्रतिबद्धता लिनको लागि यो कार्यक्रम गरिएको हो । बिहीबारसम्म झण्डै एक हजार फेसवुक प्रयोगकर्ताले आफ्नो प्रोफाइल परिवर्तन गरिसक्नुभएको छ ।

फेसबुक अभियानबाहेक छोरीले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले प्रत्येक बर्ष निकाल्ने बार्षिक पत्रिका यात्रा प्रकाशन समितिको सदस्य भई प्रकाशन कार्यमा समेत सक्रिय सहभागी भइरहेको छ ।

छोरी सन् २०१३ मा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई महिला तथा किशोरीहरुको संरक्षण, सशक्तिकरणका साथै मानव बेचविखनविरुद्धको विभिन्न रोकथाम, संरक्षण, पैरवी कार्यक्रमहरु संचालन गर्दै आइरहेको गैरसरकारी संस्था हो । छोरी काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोटमा कार्यरत छ । छोरीले विशेष गरि आवास सेवा सहयोग, सीपमूलक तालिम, शैक्षिक सहयोग, कानुनी सहयोग, मनोसामाजिक मनोविमर्श, सशक्तिकरण तालिम, किशोरी रुपान्तरण तालिम, जनचेतनामूलक कार्यक्रम, आयआर्जन जस्ता कार्यक्रम सञ्चालन गरिररहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ महिनामा एक लाख पाँच हजार विदेशी पर्यटकले गरे मुस्ताङ भ्रमण

म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ

मर्दी हिमालमा सुदीपको शालिक

कास्की । कास्कीमा अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका

सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका- ६ कसरौलको स्याली नदी तटीय क्षेत्रमा ६२ वर्षीय हरजित

जसलाई दसैँले छोएन

सिबी अधिकारी, काठमाडौं ।  काठमाडौंको न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले