वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु



स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स आइतबार बिहान एमबुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनीको मृत्यु भएको हो ।

वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट गइरहेको एम्बुलेन्स सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चापाकोट–९ की २८ वर्षीया पवित्रा पोखरेल र एम्बुलेन्स चालक सुरेन्द्र भण्डारीलाई गह्रौ प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ । घाइते पवित्रा गर्भवती रहेको र काठमाडौँबाट घर आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा