चट्याङ लागेर कञ्चनपुरको पुनर्वासका एक युवकको मृत्यु, तीन घाइते



भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै चट्याङ लागेर अमरबस्तीका ३० वर्षीय लालबहादुर बोगटी, १६ बर्षीय भावना भुल र ३७ वर्षीय पशुपति सार्की घाइते भएका छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निहारिका र शिवराजबीच मिलापत्र

जनकपुरधाम । ‘कुमारी आमा’ भनिने निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

धनकुटा। बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता

असह्य यौन यातना : कानून छ, न्याय छैन

विश्वका कैयन् देशमा वैवाहिक बलात्कारलाई कसूर मान्ने कानून नबन्दै नेपालमा विवाहपूर्व वा पछि;

पोखराका व्यस्त सडकमा पार्किङ गर्न रोक

गण्डकी । पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ