नागढुङ्गाबाट निषेधाज्ञा नियाल्दा



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुनु भन्दा अगाडि विभिन्न सामग्री लोड भएर आएका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश गर्न दिइएको छ । काठमाडौं र धादिङको सिमानामा अलपत्र परेका मालबाहक ट्रकलाई छाड्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले निर्देशन दिएसँगै निर्माण सामग्री बोकेका मालबाहक ट्रकहरु नागढुङ्गाबाट काठमाडौ प्रवेश गरेका हुन् ।

गत बुधबार रातिदेखि उपत्यकामा जारी निषेधाज्ञाका कारण काठमाडौँ सिमानादेखि पृथ्वीराजमार्गमा ट्रकको लाइन लागेको थियो । सरकारले खाद्यान्न, तरकारी, दूध र एम्बुलेन्सबाहेकलाई अत्यावश्यक ढुवानी नमानेपछि अन्य सामान बोकेका साधन उपत्यका प्रवेश गर्न पाएका थिएनन् । उपत्यकामा भदौ १० गतेसम्म कडा निषेधाज्ञा लगाइएको छ । नौबिसे–नागढुङ्गाअन्तर्गत त्रिभुवन राजपथमा ४ सय भन्दा बढि ट्रक, लहरी र कन्टेनर पार्किङ गरेर बसेका थिए ।

अत्यावश्यक वस्तुबाहेक निर्माण सामग्री, लत्ताकपडा, सिमेन्ट, मार्बल, पाइपलगायतका ढुवानीका सवारीलाई रोकिएपछि अलपत्र परेका थिए । राजधानी प्रवेश नपाउँदा खान, बस्नलगायत दैनिक जीवनयापनमा कठिनाइ हुन थालेपछि प्रेवशका लागि वातावरण निर्माण गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा सतर्कता

  बाँके । चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन

४३ किसानको आशाको बारी हो सहेँलाको फाँट

  बागलुङ । तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् ।

‘गुरु’हरु सडकमा उत्रिएपछि…

काठमाडौं । सामुदायिक विद्यायका शिक्षकहरूले आन्दोलनका कारण नयाँबानेश्वर माइतीघर क्षेत्रको सवारी आवागमन अस्तव्यस्त

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण एकसाताको हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ ।