संवैधानिक आयोगमा राजनीतिक भागबन्डा नगर्न पूर्वप्रशासक र वरिष्ठ अधिवक्ताहरुको माग



काठमाडौं  । पूर्वप्रशासक तथा वरिष्ठ अधिवक्ताहरुले संवैधानिक निकायमा राजनीतिक भागबन्डा नगर्न माग गरेका छन्।

सरकारले विभिन्न संवैधानिक आयोगमा रिक्त ४० पदमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति गर्ने तयारी गरेसँगै उनीहरुले भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द हुनुपर्ने माग गरेका हुन्।

सदाचार, सक्षमता र नेतृत्वदायी कौशल भएकाहरुमात्रै संवैधानिक आयोगमा जानुपर्ने उनीहरुको माग छ।

‘समग्रमा, इमान्दारिता, कुशलता, दक्षता, प्राज्ञिक सक्षमता, नेतृत्वदायी कौशलता र सदाचारजस्ता मापदण्डको कसीमा उत्रिएका व्यक्तिहरुमात्र संवैधानिक निकायमा नियुक्त गरिनु पर्दछ भन्ने आवाज उठाउँदै यसप्रति सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

संबैधानिक निकायमा नियुक्तिका सम्वन्धमा गम्भीर ध्यान आकर्षण
विभिन्न संवैधानिक निकायमा खाली रहेका पदमा नियुक्ती सम्वन्धमा मुलुकका प्रमुख नेताहरु बिच छलफल भई खाली पदहरु भागबण्डाको आधारमा पूर्ति गरिने सहमती भएको भन्ने जसरी विभिन्न सार्वजनिक सञ्चार माध्यमहरुमा समाचार संप्रेषण भएका छन, तिनप्रती हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । साथै संबैधानिक निकायको भूमिका र यिनको प्रभावकारिता माथी चिन्ता लाग्न थालेको छ ।
विभिन्न संबैधानिक निकायका पदाधिकारीहरू योग्यता, कार्यक्षमता र इमान्दारिताका आधारमा नियुक्ति नभई राजनीतिक आस्था र संलग्नताका आधारमा नियुक्त गरिने प्रथा शुरु गरिनाको कारणबाट संवैधानिक निकायको आबश्यकता र औचित्य माथी प्रश्न उठने गरेको सबैमा बिदित नै छ ।

सम्बैधानिक निकाय स्वतन्त्र र निश्पक्ष हुनु पर्नेमा कसैको दुई मत हुन सक्तैन् । यीनलाई सरकार र राजनीतिक दलहरुको छाँया बन्न नदिन नागरिक सजग हुन अत्यन्त आवश्यक भई सकेको छ । साथै भाग बण्डाको आधारमा नियुक्ति मान्य छैन भन्ने आवाज शसक्त रुपमा उठाउन ढिलो गरिन हुन्न भन्नेमा हामी विश्वस्त भएका छौँ ।

संबैैधानिक निकायको पवित्रता कायम गर्न, यिनको शाख बढाउन तथा सत्तासिन दल लगायत अन्य राजनीतिक दलका छाँया बन्नबाट यी निकायलाई जोगाइनु पर्दछ भन्नेमा हामी विश्वस्त छौं ।

संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति सँग जोडिने सबैलाई राजनीतिक आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर स्वतन्त्र, निष्पक्ष र इमान्दारीपूर्वक योग्य ब्यक्तिको छनोट तथा सिफारिसको सहज र अनुकूल वातावरण सिर्जना गर्नको लागि हामी आग्रह गर्दछौं ।
समग्रमा, इमान्दारीता, कुशलता, दक्षता, प्राज्ञिक सक्षमता, नेतृत्वदायी कौशलता र सदाचार जस्ता मापदण्डको कसीमा उत्रिएका ब्यक्तिहरुमात्र संबैधानिक निकयमा नियुक्त गरिनु पर्दछ भन्ने आवाज उठाउँदै, यस प्रति सम्वन्धित सबैको ध्यान आर्कषण गराउन चाहान्छौं । साथै यस आवाजलाई सर्मथन जनाउनुहुने सवैले आआफ्नो ठाउँबाट खबरदारी गर्न पनि हामी आग्रह गर्दछौँ ।
अपिलकर्ताहरु
१. वरिष्ठ अधिबक्ता श्रीहरी अर्याल
२. पूर्व सचिव श्याम प्रसाद अधिकारी
३. पूर्ब सचिव भरतबहादुर थापा
४.चीनिया बस्नेत, महाराजगञ्ज
५. पूर्ब ए. आइर्. जी. डा.ठाकुरमोहन श्रेष्ठ
६. पूर्ब ए. आइर्. जी. डा.गोविन्दप्रसाद थापा
७. पूर्ब ए. आइर्. जी अनन्तराम भट्टराई
८ पूर्ब ए. आइर्. जी रविराज थापा
९. बरिष्ठ अधिबक्ता डा. सुरेन्द्र भण्डारी
१०.बरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपाने
११.ब्यबस्थापन बिज्ञ श्री कृष्ण देवकोटा
१२.पूर्व सहायक रथी श्री रामकृष्ण थापा
१३.पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात
१४ द्वारिकानाथ ढुङ्गेल, बानेश्वर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घट्यो अन्नपूर्ण क्षेत्रका पदमार्गमा पर्यटकको आकर्षण

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर

सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिन्छौंः प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारहरु पनि पुनर्गठन हुने बताएका छन्

केन्द्रदेखि प्रादेशिक सरकारकाबारेमा छलफल गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनका लागि तयारी गर्न पार्टी अध्यक्ष