कोरोना नियन्त्रण र रोकथामका लागि काठमाडौं महानगरपालिकाले यसरी गर्दैछ निः संक्रमणको काम



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाका समयमा पनि काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि निःसंक्रमण (डीस–इन्फेक्टेन्ट) छर्ने कार्यलाई निरन्तरता दिदैँ आएको छ । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले कोभिड–१९ को माहामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफुल तथा तरकारी बजारलगायतका स्थानमा सुरुदेखि नै डीस–इन्फेक्टेन्ट कार्यलाई निरन्तरता दिदैँ आएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । मेयर शाक्यका अनुसार, संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रमा निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिँदै आएको छ ।

यसका लागि दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको छ । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा डीस–इन्फेक्टेन्ट गर्ने र दैनिक ५ वटा टोलीले काम गर्दै आएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना र अधुरा योजना पूरा गर्छुः महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ

मलेखु । झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन्

गण्डकी प्रदेश सरकारबाट माओवादी मन्त्रीले दिए राजीनामा

गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा (माओवादी

वसन्त यामको सगरमाथा आरोहणका लागि अनुमति दिन सुरु

काठमाडौं । यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजदेखि आरोहण