क्यान्सर पीडित तामाङलाई ३२ हजार आर्थिक सहयोग



काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ५ घर भएका क्यान्सर पीडित पूर्वजनमुक्ति सेना नेपालका कम्पनी कमान्डर नैनबहादुर तामाङ (जमिन) लाई उपचार गर्न आर्थिक सहयोग जुट्ने क्रम बढेको छ ।

बौंद्ध धर्म गुरु तथा समाजसेवी कोशिश लोब्साङ वाईबा तामाङले बुधबार लामो समयदेखि भक्तपुर क्यान्सर हस्पिटलमा क्यान्सर उपचार गराईरहेका तामाङको कोठामा पुगेर ३२ हजार आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

पीडितको आर्थिक अवस्था कमजोर भएका कारण आफूले विभिन्न स्थानमा रहेका आफ्नो बौंद्ध धर्म शिक्षा सम्बन्धि अनलाइन शिक्षा लिने प्रशिक्षार्थीहरुबाट संकलित आर्थिक सहयोग प्रदान गरेको तामाङले बताए ।

उक्त अवसरमा समाजसेवी वाईबाले मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि सहयोग गरेको बताए । “आगामी दिनमा पनि गरीब, दुःखीका लागि यस्तो सहयोग गर्ने”, उनले भने ।

घरपरिवारको आर्थिक स्थिति निकै कमजोर रहेको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले तामाङले जीवनरक्षा तथा उपचारका लागि अत्यावश्यक आर्थिक सहयोग र सहायताका लागि सम्पूर्ण जिम्मेवार संघसंस्थाहरु तथा मनकारी जनसमुदायहरुमा साथ र सहयोगका लागि अपिल गरेका छन् । तामाङको उपचारमा सहयोग गर्न चाहनेले यो ९८४९३७०२१२ नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटः रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी