सवारी साधन संचालनमा जोर–बिजोर प्रणाली लागू



काठमाडौं । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भिडभाड कम गर्न सरकारले बिहीबारदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागू गरेको छ ।

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागू गरिएको हो । नयाँ नियम अनुसार बिहीबार साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र सञ्चालनमा आएका छन् ।

लकडाउन खोलेपछि नेपालमा झन् कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो ।

बिहीबारदेखि नै दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा पनि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै अत्यावश्यक ढुवानीबाहेकका गाडीहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एखुवा खोलामा पक्की पुल निर्माण

भोजपुर । भोजपुरको  एखुवा खोलामा  सात कराड ३७ लाखको लागतमा पक्की पुल निर्माण

मनाङको फू गाउँमा सशस्त्रको ‘बिओपी’ राखिने

मनाङ । हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना

डेढ दशकदेखि मानवविहीन मुस्ताङको ‘सम्जुङ गाउँ’

मुस्ताङ । जलवायु संकटले हिमाली जिल्लाको धार्मिक, सांस्कृतिक र विभिन्न क्रियाकलापमा प्रत्यक्ष/परोक्ष प्रभाव

जातीय पोशाक उत्पादन गरेर आत्मनिर्भर बन्दै धिमाल महिला

मोरङ । जातीय पोशाक संरक्षण गर्दै आर्थिक हिसाबले आत्मनिर्भर बन्न लोप हुँदै गएको