शिर्ष नेताहरुप्रति कडा व्यङ्ग्य (हेर्नुहोस् तातो भिडियो सहित)



हाँस्यव्यङ्ग्य कलाकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शिर्ष नेताहरुप्रति कडा व्यङ्ग्य गरेका छन् । गाइजात्राका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा  उनीहरुले नेताहरुले तीन सय ६५ दिन नै नक्कली गाइजात्रा देखाइरहेको भन्दै व्यङ्ग्य गरे । कलाकारहरुले जनतालाई सचेत नागरिकका रुपमा जागरुक भई नेताहरुलाई गल्ती गर्न नदिन समेत आग्रह गरे । व्यङ्ग्यकार शैलेन्द्र सिंखडाले नेपालका नेता र जनताहरुको प्रकार छुट्याउँदै कडा व्यङ्ग्य गर्नुभयो ।

हाँस्य कलाकार दमन रुपाखेतीले प्रधानमन्त्री केपी शर्मा ओली आफैमा गाइजात्रा भएको टिप्पणी गर्नुभयो । उहाले कलाकारहरुमा देशको भुभागबारे सामान्य ज्ञान हुन आवश्यक रहेको भन्दै केही कलाकारप्रति व्यङ्ग्य पनि गर्नुभयो । हाँस्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ ले २०७७ सालको गाइजात्राको शुभकामना दिदै गएको वर्षको जस्तो अहिलेको गाइजात्रामा व्यस्त हुन नपाएको बताउदै पछिल्लो राजनीतिक अवस्थाका बारेमा व्यङ्ग्य गर्नुभयो ।

हाँस्यकलाकार सुबोध गौतमले राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताहरुको क्यारिकेचर गर्नुभएको थियो । हाँस्य कलाकार श्रीकृष्ण सिंखडाले भ्रष्टाचारीलाई टुँडिखेलमा राखेर नंग्याउनुपर्ने बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल

गलेश्वर (म्याग्दी)  । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि र म्याग्दीमा पर्ने अन्नपूर्ण हिमाल

कौसी खेतीमा आकर्षण

काठमाडौँको टोखा नगरपालिका वडा नं ११ ओमनगर टोलका केशवराज भुसालले घरको कौसीमा गर्नुभएको

भिरमा मह काढेको दृश्य छायांकन गर्न म्याग्दी पुग्यो नेसनल जियोग्राफीको टोली

म्याग्दी ।  भिर महको निकालेको दृश्य छायांकन गर्न नेसनल जियोग्राफीको टोलीसहित स्पेन र

सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई