ललितपुर महानगरपालिकामा स्मार्ट सडक बत्ती संचालन



ललितपुर । ललितपुर महानगरपालिकाले स्मार्ट सडक बत्ती संचालनमा ल्याएको छ । मंगलबारबाट महानगरले ललितपुरका बिभिन्न स्थानमा स्मार्ट सडक बत्ती संचालनमा ल्याएको हो । कुपण्डोल क्षेत्रबाट सुरु गरिएको स्मार्ट सडक बत्ती सातदोबाटोसम्म साथै हिमालय होटल, पाटनढोका, अशोक हल, र पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म जडान गरिने महानगरले जनाएको छ ।

सडकमा बत्ती निभाउन, बाल्न र पावर कम गर्न सर्भर रुमबाट नियन्त्रण गर्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । महानगरपालिकाभित्रका तीन वटा रुटमा ६ सय ६९ वटा बत्ती जडान गर्न लागिएको उनले बताए । परियोजनाको कुल ५ करोड २० लाख लागत रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको