विवाह गरेर अमेरिका लैजाने भन्दै युवालाई ठगी गर्ने दुई युवती पक्राउ



काठमाडौं । अमेरिकाको डीभी परेको बताएर ठगी गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । डीभी परेको भनेर अमेरिका लैजाने प्रलोभनमा ठगी गरेको आरोपमा बाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले पक्राउ गरेको हो ।

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट युवालाई फलो गरेर बिहेको प्रलोभन देखाइ उनीहरुले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ । ठगी गरेर लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई बुटवलबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरुले डीभी परे पनि लकडाउनका कारण नेपाल बस्दै आएको बताउने गरेका थिए ।

नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने र त्यसका लागि पैसा आवश्यक परेको बताएर उनीहरुले पैसा लिने गरेको पाइएको छ । शर्माले बुबाको नाममा समेत फेक आईडी बनाएर ढुकुटीको पैसा तिर्ने बहानामा पनि पैसा लिएको पाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापाको गौरीगञ्जमा चट्याङ लागेर दुई जनाको मृत्यु

झापा । मंगलबार विहान चट्याङ लागेर झापामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु

चार दशकमा पनि कलुवापुर–बेलौरी सडक नबनेकोमा बेलौरीबासीको दुखेसो

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नागरिक सुनुवाइ कार्यक्रम

ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

ढोरपाटन । दुई जिल्ला जोड्नेगरी १९ वर्षअगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ

तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम

रामेछाप । तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ ।