कोरोना संक्रमणबाट वीरगंजमा थप एक जनाको मृत्यु



वीरगंज । कोरोना संक्रमणबाट पर्सामा फेरि थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका– ११ की ८५ वर्षीया महिलाको मृत्यु भएको हो । मुटु रोगी ती महिला हाल निमोनिया भएर अस्पताल आएकी थिइन् । उनको बुधबार कोरोना पोजेटिभ देखिएको थियो ।

उनको आइसियुमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । गत मंगलबार कोरोना अस्पतालमै उपचार गराइरहेका वीरगन्ज– ६ माईस्थानका ७० वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौं । नेपाल महिला टी–२० श्रृंखलाको पाँचौं खेलमा पनि पराजित भएको छ ।

चितवनमा रविमाथि अभियोजन गर्ने सरकारी वकिलमाथि छानबिन सुरु

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई

टुटेको आशालाई विश्वासमा परिणत गर्न नवीन सोच राख्नुपर्छ

-डा. शोभाकर पराजुली मजबुत लोकतान्त्रिक संस्कृति निर्माण गर्नु भनेको एक जटिल र दीर्घकालीन

मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो

ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई