थुनामुक्त भए पूर्वडिआईजी रञ्जन कोइराला



काठमाडौं । श्रीमती हत्या अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआईजी रञ्जन कोइराला बिहीबार थुनामुक्त भएका छन् । । श्रीमती गीता ढकालको हत्या अभियोगमा जेल परेका कोइराला बिहीबार डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् ।

श्रीमती हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालतले गरेको जन्मकैदको फैसला गत असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ वर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका हुन् । पूर्वडीआइजी कोइराला साढे ११ वर्ष कैद छुट पाएका थिए । कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको उल्लेख छ ।

सशस्त्र प्रहरीका तत्कालीन डिआईजी कोइरालाले शव ०६८ पुसममा श्रीमती गीता ढकालको हत्या गरी आफ्नै गाडीमा राखेर मकवानपुरको टिष्टुङ गाविस वडा नं ८ मेत्राङ भन्ने स्थानमा लगेर जलाएका थिए । गीताको कोइरालाका ससुरा हरेराम ढकालले छोरीको हत्या गरेको भन्दै ज्वाइँविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनसरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु

  इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आइतबार एक

कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि

काठमाडौँ । अतिकम विकसित मुलुकहरूको समूह (एलडिसी) ले कोप-२९ उपलब्धिमूलक नरहेको र संवेदनशील

भिडियोमा हेर्नुस् नौ किलोमा भएको भयानक दुर्घटना

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चार

दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न प्रहरीलाई अनुमति

काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई