लमजुङको मस्र्याङ्दी गाउँपालिकामा पहिरोमा परी १८ घर पूर्णरुपमा क्षतिग्रस्त



लमजुङ । लगातारको अविरल बर्षासँगै उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका –३ खुदी पल्लोटारीमा भीषण पहिरो जाँदा १८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । बुधबार बिहान ९ बजे आएको भीषण पहिरोमा परी ८० घरपरिवार बिस्थापित भएका छन् । पहिरोमा परी ८ जना घाईते भएका प्रहरीले जनाएको छ ।

घाईतेहरुलाई स्थानीय खुदी स्वास्थ्य चौकीमा उपचार गराईरहेको र गम्भीर घाईते दुई जनालाई भने सदरमुकामस्थित जिल्ला सामुदायिक अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।

यतिवेला प्रहरी र स्थानीयहरुको टोलीले पहिरोबाट जोगिएका सामाग्रीहरु संकलन गर्ने काम गरिरहेका छन् । पहिरोबाट बिस्थापित भएकाहरुलाई स्थानीय सामुदायिक भवन, सामुदायिक विद्यालयमा राख्ने तयारीमा जुटेको मस्र्याङ्दी गाउँपालिकाले जानकारी दिएको छ ।
फोटोः सृजना बरालको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको