कोरोनालाई जितेर म्याग्दीका १४ जना एकै दिन डिस्चार्ज



म्याग्दी । म्याग्दीको बेनीस्थित आइसोलेसनमा रहेका १४ जना कोरोना सङ्क्रमित एकै पटक कोरोनालाई जितेर घर फर्केका छन् । हालसम्म ४० जनामा सङ्क्रमण पोजिटिभ आएको म्याग्दीमा ३४ जना कोरोना जितेर घर फर्किएका छन् ।

आइसोलेसनमा बसेकामध्ये मालिका गाउँपालिकाका पाँच जना, बेनी नगरपालिकाका दुई जना, मङ्गला गाउँपालिकाका दुई जना, रघुगङ्गाका तीन जना तथा अन्नपूर्ण गाउँपालिकाका एक जना कोरोना जितेर घर फर्केका छन् ।

साउन ४ गते बिहान छ जनामा कोरोना पोजिटिभ देखिएसँगै आइसोलेसन भरिएकोमा ४ गते राति १४ जनाको नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज भएसँगै आइसोलेसनमा छ जना मात्रै बाँकी रहका जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

सोमबार १४ जना डिस्चार्ज भएसँगै म्याग्दीमा कोरोना निको हुनेहरू ३४ पुगेका छन् भने आइसोलेसनमा छ जना उपचाररत छन् । बेनीमा तीन ठाउँमा रहेको क्वारेन्टाइनमा विदेशबाट आएर एक महिलासहित १२० जना बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई