उपत्यकामा सार्वजनिक यातायातका साधन सञ्चालनमा(फोटो फिचर)



काठमाडौं । सरकारले छोटो दूरीका सवारी साधन सञ्चालन गर्न दिएपछि बिहीबारबाट काठमाडौंका सडकमा अधिकांश कम्पनीले सार्वजनिक सवारी सञ्चालनमा ल्याएका छन् । यसअघि केही कम्पनीलेमात्र सवारी चलाएपनि बिहीबारबाट भने अधिकांश कम्पनीका सवारी सञ्चालनमा आएका हुन् ।

सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरेपछि बिहीबारबाट साझा यातायातको बस सञ्चालनमा आएका छन् । त्यस्तै गोकर्णेश्वर यातायात, मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायात , सुन्दर यातायातको वस सञ्चालनमा आएका छन् । त्यस्तै साना सवारी माइक्रो तथा सफा टेम्पुपनि सञ्चालन भएका छन् । सडकमा सार्वजनिक यातायात गुडे पनि यात्रुको संख्या भने न्यून देखिएको छ । सवारी सञ्चालन गर्दा स्वास्थ्य सुरक्षालाई मध्यनगर गरिएको चालकहरुले जनाएका छन् ।

यात्रुहरुले पनि सावर्जनिक सवारी प्रयोग गर्दा स्वयं प्रयोगकर्ता पनि सचेत हुनुपर्ने बताएका छन् । सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राख्नुपर्ने, सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्कपन्जा अनिवार्य लगाउनुपर्ने, ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्ने, यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने गरी सवारी साधन चलाउन अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट