वीरेन्द्र, शम्भू र राजु सदाको परिवारलाई पाँच/पाँच लाख रुपैयाँ प्रदान



जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले विभिन्न घटनाका तीन पीडित परिवारलाई पाँच÷पाँचलाखको चेक हस्तान्तरण गरेका छन् ।

लकडाउनका कारण मुलुकमा प्रवेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने शहीद नगर नगरपालिका वडा नम्बर ९ का वीरेन्द्र गुरमैता यादव, प्रहरी हिरासतमा मृत्यु भएका सबैला नगरपालिका १२ का शम्भु सदा र आइसोलेशनमा मृत्यु भएका हंसपुर नगरपालिकाका राजु सदाको परिवार लाई मुख्यमन्त्री राउतले पाँच÷पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री राउत सहितको टोली तीन वटै पीडित परिवारको घरमै पुगेर चेक हस्तान्तरण गरेका छन् । उक्त अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवार प्रति समवेदना ब्यक्त गर्दै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गराएको बताए । साथै घटनामा दोषी देखिएकाहरु माथि कारबाहीको लागी प्रदेश सरकार हर सम्भव प्रयास गर्ने प्रतिवद्धता समेत उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट