फोटोमा २०७ औं भानु जयन्ती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भानु जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा मन्त्री भट्टराईले नेपाल भाषा, साहित्यको माध्यमबाट राष्ट्रको एकीकरण गर्ने एक अभियन्ता भानुभक्त आचार्य रहेको बताए ।

प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले साहित्य पर्यटनलाई मुलुकको समृद्धिसँग जोडेर अगाडी बढ्नुपर्ने बताए । जन्म जयन्तीका अवसरमा रानीपोखरी नजिकको भानुको शालिकमा माल्र्यापण गरेर भानुको सम्मान गरिएको छ ।

देश तथा नेपाली भाषीहरुको बाहुल्यता रहेका देशबाहिरका क्षेत्रमा समेत आदिकवि आचार्यको २०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । वि.स. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा मनाइन्छ । सोमबार नै नेपाली बृहत शब्दकोषको मोबाइल एप समेत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा