यसरी हुँदैछ रातो मच्छिन्द्रनाथको रथ निर्माण, फोटोमा हेर्नुस्



काठमाडौं । लकडाउनका कारण रोकिएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु भएको छ । तिथिको आधारमा बनाइने रथ गत चैत २७ गते साइत पूजा सुरु गर्नुपर्नेमा चैत ११ गतेदेखि लकडाउन भएकाले प्रतीकात्मक रुपमा रथ निर्माण सुरु भयो भनेर जनाउनका लागि साइत पूजा मात्र गरिएको थियो । अहिले रथ बनाउनको लागि प्रशासनले स्वीकृति दिएपछि ललितपुरको पुल्चोकमा रथ निर्माण सुचारु भएको हो । तर रथारोहण र रथयात्रा भने अझै निश्चित भएको छैन ।

गएको चैत २७ गते महास्नान गरेर वैशाख १२ गते पुल्चोकमा रथारोहण गर्नुपर्नेमा यसपालि रथ बनाउन नसकेका कारण मूर्तिलाई मच्छिन्द्रबहालमा रहेको भजनपाटीमा राखिएको छ । त्यस्तै पाटनको तंगलमा रातो मच्छिन्द्रनाथसँगै रथजात्रा गरिने मीननाथको रथ निर्माणको काम गएको असार ३ गतेदेखि सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा