चट्याङ लागेर सात जनाको मृत्यु



काठमाडौं । बिहीबार मकवानपुर, सप्तरी र उदयपुरमा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ । मकवानपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु र एक जना घाइते भएका छन् । बुधबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर बकैया गाउँपालिका २ स्थित कालापानीका बुद्ध घिसिङकी १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको मृत्यु भएको हो । सम्झनाको घरमा बसिरहेको बेला चट्याङ लागेर घटनास्थलमै र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा गएराति नै उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै स्थानीय पूर्णबहादुर जिम्बाका १४ वर्षीय छोरा किरण जिम्बा घाइते भएकोमा दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

त्यसैगरी सप्तरीमा बिहीबार बिहान छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङमा परेर सप्तरीको महदेवा गाउँपालिकामा दुई जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

चट्याङ लागेर सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र सप्तकोशी नदी छेउमै २७ वर्षीय बेचन यादवको मृत्यु भएको छ । त्यस्तै, खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९, लक्षनपट्टीका ३० वर्षीया ललितादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, राजगढ गाउँपालिका वडा नं. २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको बताइएको छ ।

त्यस्तै, उदयपुरमा चट्याङ लागेर बिहीबार एक जनाको मृत्यु भएको र छ भने अर्का एक जना घाइते भएका छन् । बिहान परेको पानीसँगै चट्याङ लागेर त्रियुगा नगरपालिका १३ असारीका ४५ वर्षीय कानुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सप्तरीमा शतप्रतिशत धान रोपाइँ

राजविराज । यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा

ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी

दार्चुला घटनाबारे भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन सरकारसँग एमालेको माग

काठमाडौं । नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली

काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा साउन २२ गतेदेखि लगाइने

काठमाडौं । काठमाडौँमा भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुलाई साउन