पाल्पामा पहिरोमा परी मृत्यु हुने तीन जनाको पहिचान खुल्यो



बुटवल । पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ११ सम्मोबारी ढुंगाखानीमा गएको पहिरोमा परी मृत्यु हुनेहरुको पहिचान खुलेको छ । उक्त पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो ।

तानसेन देखि ५ किलोमिटर पश्चिम तानसेन रिडी सडकखण्डको ५ किलोमिटर पश्चिम सम्मोबारीमा गएको पहिरोमा परि चार सवारी साधनमा रहेका तीन जनाको ज्यान गएको हो । आइतवार राती आएको पानीका कारण गएको पहिरो सोमबार दिउँसो हटाउँदै गर्दा सोमबार अपरान्ह पौने ५ बजे तिर पुनः माथिबाट पहिरो झरी सडकमा रोकिएका चारवटा सवारी साधन पुरिएका थिए ।

उक्त घटनामा पाल्पाबाट गुल्मीतर्फ गइरहेको गरेको लु २ ख १३७६ नम्बरको ट्रक, लु १ क १९२८ नम्बरको ट्याङ्करलाई माथिबाट झरेको पहिरोले सडकदेखि तल बगाएको थियो ।

पहिरोले सवारी साधन पुर्दा दुईजनाको घटनास्थलमै र एकजनाको उपचार हुँदै गर्दा अस्पतालमा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

पहिरोमा परि चितवनका वीर बहादुर गुरुङ, होक्से ४ काभ्रेका निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चाको मृत्यु भएको पाण्डेले जानकारी दिए । मृतक तीनै जना ट्याङ्करमा रहेकाहरु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी उक्त पहिरोमा लु २ च ७०४३ नम्बरको अल्टो कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिएका थिए । तर गाडीमा कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यस्तै सोमबार साझ भएको दुर्घटनामा परि नवलपरासीमा एकजनाको मृत्यु भएको छ । नवलपरासी सुनवल नगरपालिका वडा नं. ११ सुकरौली स्थित भित्री सडक खण्डमा गुडिरहेको लु २ त ८०९५ नम्बरको ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी नवलपरासी बर्दघाट नगरपालिका वडा नं. २ कि २४ बर्षीया मुना नेपालीको उपचारको क्रममा बुटवलमा मृत्युु भएको प्रहरीले जनाएको छ ।

फोटोः समयचक्र डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट