कालीकोटबाट २५ जना कोरोनालाई जितेर घर फिर्ता



कालीकोट । कालीकोटबाट २५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । कालीकोटको कोभिड १९ आईसोलेसन सेन्टरमा कोरोना कोरोना पुष्टि भई १५ दिनदेखि भर्ना भएका २९ जना मध्ये पीसीआर परिक्षणमा नेगेटिभ भै कोरोना भाइरसलाई परास्त गर्न सफल २५ जनालाई आइतबार डिस्चार्ज गरिएको हो ।

उनीहरुलाई जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले खादा ओढाई बिदाई गरेको थियो । उनीहरूलाई बाँकी २१ दिन होम क्वारेन्टाईनमा बस्न र क्वारेनटाइनमा बस्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा आबश्यक परामर्श दिइएको थियो । अब एक जना महिलासहित ३ जना पुरूष आईसोलेसन सेन्टरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा