कालीकोटाको लालीघाट नजिकै कर्णाली नदीमा खसेर टिपर दुर्घटना



सुर्खेत । भारतबाट आएका नेपाली नागरिक बोकेको टिपर कर्णाली करिडोर अन्तरगत कालिकोटको नरहरिनाथ गाउँपालिका–१को लालीघाट नजिकैबाट कर्णाली नदीमा खसेको छ । जितेगडाबाट राष्टकोट नगरपालिकाका ३९ जनालाई बोकेर क्वारेन्टाइनमा लिएर गएको ना ८ ख ५१३३ नम्बरको टिप्पर बुधबार विहान कर्णालीमा खसेको होे ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी वसन्त पन्तका अनुसार हालसम्म २ जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइतेको कर्णाली नदीबाट उद्दार गरिएको छ । घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर उद्दारको काम भइरहेको उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

होम्ताङमा घरघरमा नाङ्लो बुनिन्छ

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा बाँसको नाङ्लो बुनेर

अभिलेख नहुँदा नागरिकताबाट वञ्चित

  कैलाली । कैलालीको टीकापुरका झनकप्रसाद तिमिल्सिना लामो समय शिक्षण गरेर सेवानिवृत्त भए